कैलालीमा सुरु भयो क्रसर उद्योगको अनुगमन, अधिकांश वैद्यता विपरित संचालित
2023/01/08, 11:39
 
ss

गृहमन्त्रालयको परिपत्र अनुसार कैलालीमा संचालित क्रसर उद्योग र कन्ट्रक्सनको वैद्यता बारे शनिबार अनुगमन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कैलालीका प्रमुख सहितको संयुक्त टोलिले उक्त अनुगमन गरेको हो।

अनुगमनका क्रममा व्यवसायीक रुपमा खोलिएका क्रसर उद्योग र विभिन्न निर्माणाधीन आयोजनाका लागि आवश्यक पर्ने भन्दै ढुङ्गा, बालुवा र गिट्टी प्रशोधन गर्ने कन्ट्रक्सनमा पुग्दा अधिकाशमा उद्योगहरु संचालनका लागी वैद्यता नपुर्याइएका भेटिएका छन् ।

धेरै उजुरी परे पछि क्रसरहरु कानुन बमोजिम दर्ता गरिएका छन कि छैनन् ,आफ्नो उद्देश्य अनुरुप काम गरे, नगरेको हेर्ने उद्देश्यका साथ अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । वैद्यता पुर्याइएका उद्योगहरुलाइ आइतबार सम्म संचालन सम्बन्धिका कागजात सहित जिल्ला प्रशासन कार्यालय कैलालीमा आउन आग्रह गरिएको छ । अन्यथा कानुनीअनुसारको कार्यवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

अनुगमन धनगढी उपमहानगरपालिका ११, जोकैयामा रहेको कालिका कन्स्ट्रक्सन,धनगढी उपमहानगरपालिका ११,बासखेडा मा रहेको उच्चाकोटी र आर।एम।सी।एन्ड इन्जिनियर्स प्रा लि र गोदावरी नगरपालिका ६,लालपुरमा रहेको शिव शक्ति बालुवा प्रशोधन केन्द्रमा गरिएको थियो ।

यो संगै जिल्लामा संचालनमा रहेका र दर्ता नभएका उद्योगका बारेमा अनुगमन गरि सो सम्बन्धिको प्रतिवेदन एक हप्ता भित्र गृहलाई बुझाउन समेत निर्देश नगरिएको छ ।