धनगढीको मुख्य सडक निर्माणका लागि ठेक्का आह्वान
2023/01/08, 4:57
 
wqeqw

धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको करीब साढे २ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । प्रदेशको पूर्वाधार कार्यालय धनगढीले मुख्य सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको जनाएको छ । पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र कार्कीले आइबारको राष्ट्रिय स्तरको दैनिक पत्रिकामा ठेक्का सम्बन्धी सूचना प्रकाशति गरिएको जानकारी दिए ।

उनकाअनुसार एक महिनाको समय दिएर ठेक्काको सूचना जारी गरिएको छ । धनगढी उपमहानगरपालिको आग्रहमा प्रदेश सरकारले मुको कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड बजेटको सुनिश्चितता दिएको थियो ।

जसअन्तरगत चालु आर्थिक वर्षमा १५ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । धनगढी उप–महानगरपालिकाले सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर सडक फराकिलो बनाउन डोजरको प्रयोग गरेर भौतिक संरचना भत्काइरहेको छ ।