नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने
2023/01/08, 5:48
 
ss

नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ ।  प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।


‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’ उनले भनिन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन् । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत भोलि सोमबार नै दिने होइन । यसकारण भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौं’, श्रेष्ठले भनिन् । 

नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताउँदै आएका छन् ।