खुटिया खोला प्रकरणः एक रुपैयाँ भ्रष्टाचार भएको प्रमाणित भएमा आजै राजीनामा दिन्छु 
2023/01/08, 5:56
 
ss

 कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले खुटिया खोलाको राजस्व चुहावट बारेमा एक रुपैया भष्टाचार भएको भए राजीनामा दिन तयार रहेको बताएका छन् ।  नगरपालिकाले आईतवार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नदी जन्य पदार्थको राजश्व संकलनमा कुनै अनियमितता नभएको दाबी गर्दै प्रमाणित भएमा पदबाट राजीनामा दिन तयार रहेको बताएका हुन । 

'करौडौको भ्रष्टाचार भनेका छन् , कार्यकर्ताहरु पालनपोषणको काम भनेका छन् । तर जम्मै काम कर्मचारीबाट भइरहेको छ । एक रुपिया पनि भ्रष्टाचार भएकोे भए त्यसको जिम्मेवारी लिन म त्यसको लागि तयार छु,' भट्टले भने,' ७ करोडको ठेक्का खोलेका थियौ, शुरुमा कसैको परेन साढे ५ करोडको ठेक्का खोलियो त्यो पनि परेन फेरी ४ मा झारे त्या पनि परेन । पटक पटक पनि ठेक्का आह्वान गर्दा पनि नभएपछि बाध्यात्मक परिस्थितिमा संकलन गर्ने अवस्था आयो ।'

नगरप्रमुख भट्टले राजस्व संकलन गर्दै गर्दा केहि व्यवहारिक कुरा हरु मिलाउनु पर्ने हुँदा त्यो व्यवहारिक पक्षलाइ मिलाउँदा ठुलो सँख्यामा सवारी साधन भएका क्रसरहरुबाट छाप लगाको अडरसिप लिने र हामीले सम्बन्धित ठाउँसम्म जानका लागि त्यो दिने र एक हप्ता भित्र त्योलाइ मिलान गर्ने भन्ने उदेश्यका साथ गरिएको बताए । उनले  नगपालिकाको राजश्व कसरी बढी भन्दा बढी उठ्छ भन्ने आसयमा चाहि त्यो काम गरिएको जिकिर गरे ।

'म काठमाण्डौँ थिए मलाइ यो बारेमा जानकारी नी थिएन । तथापी म आइसकेपछि साथीहरुसंग बसे र प्रश्न पनि गरे। उँहाहरु (क्रसर उधोग) ठुला व्यवसायीहरु पनि हुन् । उनीहरुले नदिजन्य पदार्थहरु उठाइ दिएनन् भने हाम्रो राजस्व पनि नउठ्ने भएको कारणले गर्दा पनि उँहाहरुलाई एउटा व्यवहारीक पक्ष हेरेकोे मैले देखे,' भट्टले भने,' त्यसमा कहि कतै पनि तलमाथि भएको देखिदैन । यदि कसैले पनि १ रुपिया पनि भ्रष्टाचार भएको देखाउँछ वा प्रमाणित गर्न सक्छ भने यहि अत्तरिया चोकमा झुन्डिएर मर्न तयार छु । तर यस्ता अनादर कुरा कसैलाइ पनि नगरीदिन विनम्र अनुरोध गर्दछु।'

मेयर भट्टले प्रतिपक्षले नगरपालिकालाई रचनात्मक सुझाब दिनुपर्नेमा समेत जोड दिए ।