धनगढीमा ग्लोबल आईएमई बैंकको शाखा कार्यालय उद्घाटन
2023/01/09, 3:31
 
aersg

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डौंको मर्जरपछि बनेको ग्लोबल आईएमई बैंकको धनगढी शाखाको आज धनगढीमा उद्घाटन गरिएको छ ।कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र एशोसियट उपाध्यक्ष मनोज अग्रवालले धनगढी चौराहास्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयको आज एक कार्यक्रमका बीच संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । यसअघि उक्त स्थानमा बैंक अफ काठमाण्डौंको शाखा रहेको थियो । सोही कार्यालय ग्लोबल आईएमईको शाखामा परिणत गरिएको हो ।

ग्लोबल आईएमई बैंकका सुदूर पश्चिम प्रदेश प्रमुख मुकुन्द भट्ट र प्रबन्धक सन्देश जोशीले  कार्यक्रमका अतिथिहरुलाई स्वागत गरेका थिए ।  दुई वटा बैंक मर्जरपछि बनेको ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । शाखाहरु, निक्षेप र कर्जा लगानीका हिसावले पनि ग्लोबल आईएमई बैंक सुदूर पश्चिमको सबैभन्दा ठूलो बैंक बनेको बैंकका सुदूर पश्चिम प्रदेश प्रमुख भट्टले बताए । सुदूरपश्चिममा ग्लोबल आईएमईका २१ वटा र बैंक अफ काठमाण्डौंका ५ वटा शाखा ग्लोबल आईएमईमा परिणत भएका छन् ।