एमालेले २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्ने
2023/01/09, 3:45
 
wqew

 केन्द्रमा सुदूरपश्चिमको सरकार आलोपालो गर्ने सहमति भएसँगै नेकपा एमालेले पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्ने भएको छ । केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा एमाले र माओवादीबीच आलापालो हुनेछ । त्यही अनुसार एमालेले प्रदेश प्रमुखले दाबी पेश गर्न दिएको अन्तिम दिन दाबी पेश गर्न लागेको हो ।  

मुख्यमन्त्रीमा रुपमा नेकपा (एमाले)का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको दाबी गर्नेछन् । रावलले भोलि सबैसँग छलफल गरेर पर्सी २७ गते दाबी पेश गर्ने बताए । ुम काठमाडौं छु । दाबी पेश गर्न पर्सिसम्मको समय छ । आज धनगढी पुग्छु,  उनले भने, भोली साथिहरूसँग छलफल हुन्छ । पर्सी दाबी पेश हुन्छ ।

रावल नागरिक उन्मुक्तिको साथसहित मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । यद्दपी नागरिक उन्मुक्ति पार्टीले अझै सुदूरपश्चिम सरकारबारे निर्णय लिइसकेको छैन  । प्रदेशमा सरकार बनाउँन २७ जना चाहिन्छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसद पुर्‍याउँने तयारीमा सरकार गठबन्धन छ ।

यस्तै एमालेले उन्मुक्तिले साथ नदिए माओवादी, एकिकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदलाई साथ लिने तयारी गरेको छ । यसो गर्दा एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पाटी र स्वतन्त्र सदस्य १/१ गरी २७ सांसद हुन्छन् ।