भारतमा बस दुर्घटना हुँदा कैलालीका तीन जना नेपालीको मृत्यु
2023/01/09, 5:56
 
aa

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा कैलालीका तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी कैलालीको टीकापुरका तीन जना नेपालीको परिचय खुलेको छ । 

प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीय चन्द्र साउँद, ४५ वर्षीय ललित साउँद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएकोमा ज्यान गुमाउने अर्का व्यक्ती भने भारतीय चालक रहेको बताईएको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । दुर्घटनाको कारण भने खुलेको छैन।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको थियो । बसमै यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ । 

लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो। उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताउनुभयो । टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरुलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन । तर उनीहरु स्वेच्छिक रुपमा सञ्चालन हुन्छन ।