नागरिक उन्मुक्ति पार्टीद्धारा सुदूरपश्चिममा सत्ता गठबन्धनलाई समर्थन, सरकारमा नजाने
2023/01/10, 12:22
 
erwe

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्तागठबन्धनलाई सर्मथन गर्ने भएको छ ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकिय सचिव जिबस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताए । उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने बताए । 

नागरिक उन्मुक्तिको समर्थनपछि सुदूरपश्चिममा नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने निश्चित भएको छ । सुदूर पश्चिम प्रदेश सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीसंग सात जना सांसद छन् ।  सत्ता साझेदार दलहरुबीच नेकपा एमालेलाई सुदूर पश्चिम प्रदेशमा सरकारको नेतृत्व दिने सहमती भएको थियो ।  एमालेले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । सरकार गठनका लागि बहुमत सहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्ने समयसीमा भोलि बुधवार साँझ ५ बजे सकिदैछ । सो समयभन्दा पहिले नै सरकार गठनका लागि बहुमत सहित दावी पेश गर्ने एमालेका संसदीय दलका नेता रावलले बताए ।