कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु
2023/01/12, 1:48
 
कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु

धनगढीः कैलाली जिल्लाको कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ।

आर्थिक बर्ष २०७९÷८० को गाउँसभा अधिवेशन (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा टिकापुर घटनालाई राजनीतिक घटना, पुस अन्तिमदेखि माघ ३ गतेसम्म माघ पर्वको लागि सार्वजनिक विदा, जिल्ला समन्वय समिति कैलालीका सभापति पदम कलेलको दुःखद निधन भएकोले शोक प्रस्ताव पारित गरि हिउँदे अधिवेशनको उद्घाटन गरिएको हो। 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृृत विरबहादुर ऐर, सामाजिक विकास शाखाका यगम कलेल लगायतको सहभागिता थियो।

शुक्रबारको कार्यपालिका बैठकबाट विभिन्न विषयगत समितिसँग परामर्श गर्ने, कानून सल्लाहकार, विज्ञसँग विद्येयकाबारे छलफल गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए।