मकर मेलामा गोदावरी नगरपालिकाले निः शुल्क बसको ब्यवस्था गर्ने
2023/01/13, 2:30
 
dd

गोदावरी नगरपालिकाले मकर मेलाका लागि निस् शुल्क बसको व्यवस्था गर्ने भएको छ । गोदावरी धाममा माघ १ गते आयोजना हुन लागेको बाह्रराशी दर्शन मकर मेलाका लागि निस्शुल्क बसको ब्यवस्था गरिने भएको हो ।

नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकर मेलामा जाने भक्तजनहरुको सहजताका लागि निस् शुल्क बसको ब्यवस्था गरेको बताएको छ । नगरप्रमुख बिरेन्द्र भट्टले सुदूरपश्चिमको धार्मिक स्थल गोदावरीमा लाग्ने मेलामा धार्मिक आस्था राख्ने भक्तजनहरुलाई सहज होस भन्ने अपेक्षाका साथ निशुल्क रुपमा बसको ब्यवस्था गरिएको बताए ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि पौष ३० गतेदेखि मेला लाग्न लागेको हो। मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन आदि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ। मेला माघ १२ गते सम्म संचालन हुने छ।