प्रदेश सभा सदस्यहरूलाई बाँडिएको डायरीमा नेपालको पुरानो नक्सा
2023/01/15, 11:14
 
ss

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई नेपालको पुरानो नक्सा भएको डायरी वितरण गरिएको छ । नव निर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूलाई छालाको ब्याग र त्यसभित्र कलम र डायरी वितरण गरिएको थियो । ब्यागसँगै वितरण गरिएको डायरीमा नेपालको पुरानो नक्सा छ । सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री निर्वाचित भएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको सरकारले लिपुलेक, लिम्पियाधुरा सहित भारतले अतिक्रमण गरेका नेपाली भूभागलाई समेत चुच्चे नक्सा जारी गरेको थियो । तर सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई बाँडिएको डायरीमा भने नेपालको चुच्चे नक्सा छैन ।

शनिवार प्रदेश सभामा बोल्दै एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले प्रदेश सभा सदस्यलाई नेपालको पुरानो नक्सा भएको डायरी बाँडिएको विषयमा छानबिन गरिनु पर्ने बताए ।