नेवि संघ कैलालीले ज्ञापनपत्र बुझायो
2020/05/12, 4:13
 
gyapan

नेपाल विद्यार्थी संघ कैलालीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली भूमी मिचेर सडक बनाएको विरोध गर्दै नेवि संघ कैलालीले स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको हो ।


सत्ता जोगाउन सरकार भारत सामू लम्पसार परेको आरोप लगाउँदै नेवि संघले भारतलाई दार्चुलाको लिपुलेकबाट फिर्ता गराउन सरकारले उच्च स्तरीय कुटनिटिक पहल थाल्नुपर्ने सहितको ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । 

nebi sang


‘विगत ६ महिना पहिले कालापानी लगायत भू–भागहरु आफ्नो नक्सामा राखी भारतले प्रकाशित गर्दा यो सरकारले राष्ट्रियताको पक्षमा दृढ नलिई भारतको सामू लम्पसार परेकोले आज यो स्थिति सृजना भएको हाम्रो ठहर छ ।’ जारी ज्ञापनपत्रमा भनिएको छ । 


नेवि संघ कैलालीका कार्यवाहक सभापति भेष बहादुर बमद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सरकारलाई खबरदारी तथा ध्यानाकर्षण गराइएको छ । नेवि संघका नेताहरुले आफ्ना पक्राउ परेको नेता तथा कार्यकर्ता रिहाइको माग सहित विभिन्न दवाब दिई भारतलाई गल्ती सच्याउन बाध्य पार्नुपर्ने माग राखेको छ ।

साथै ज्ञापनपत्र मार्फत सरकारले राष्ट्रिय संकटका बेला तदारुकता नदेखाए आन्दोलनको आँधी बेहरी ल्याउने चेतावनी समेत दिएको  छ ।