गोदावरीमा स्नान गर्नेको घुइँचो (फोटोफिचर)
2023/01/15, 11:15
 
ss

 माघी स्नान गर्नेहरूको गोदावरीमा घुइँचो लागेको छ । गए राती देखि नै गोदावरी मा स्नान गर्न श्रद्धालुहरू आउन थालेका थिए ।

गोदावरी धाम समितिले १२ राशि  मकर मेला पनि लगाएको छ । स्नान गरेर फर्किनेहरू को अत्यधिक भिड भएकाले ठाउँ ठाउँमा ट्राफिक जाम समेत भएको छ । गोदावरीमा कैलाली कञ्चनपुर सहित पहाडी जिल्लाहरू बाट समेत स्थानीयहरू आएका छन् ।

यसै बिच स्नान गर्ने स्नान कुण्ड सानो हुँदा भक्तजनहरूलाई समस्या भएको छ । यस्तै गोदावरी को पुरानो मन्दिरमा पनि भक्तजनहरू को भिड लागेको छ । धाम विकास समितिले हिजो देखि मकर मेला शुभारम्भ भएको बताएको छ ।

गोदावरीधाममा हरेक १२ वर्षमा कुम्भ मेला, ६ वर्षमा अर्ध कुम्भ र हरेक वर्ष  मकर मेला लगाउने परिपाटीअनुसार यस वर्ष  पनि मकर मेला लागेको हो । श्रद्धालु भक्तजनहरूले गोदावरीमा स्नान गर्नुको साथै शिव मन्दिरको दर्शन समेत गरेका छन् ।