
सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।

आज ९सोमबार० राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । राष्ट्रिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले बताए ।
प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हो । लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज सोमबार तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/21, 12:06
2022/02/07, 1:50
2020/07/27, 8:47
2020/12/21, 12:04