नेपाली काँग्रेसका तीन जना सांसदले आफ्नै सभामुखका उम्मेदवारलाई मतदान गरेनन
2023/01/17, 1:52
 
ss

नेपाली काँग्रेसका तीन जना सांसदले आफ्नै पार्टीका सभामुखका उम्मेदवार मानबहादुर रावलका पक्षमा मतदान गरेनन । उनीहरु रावलका पक्षमा मतदान हुदा प्रदेश सभामा अनुपस्थित थिए ।

आफ्नै सांसदहरु अनुस्थित हुदा रावलले २० मत मात्र प्राप्त गरे । जवकी नेपाली काँग्रेसका प्रदेश सभामा १९ जना सांसद छन् । काँग्रेसलाई एकीकृत समाजवादीका चार जना र स्वतन्त्र सांसद डा. तारा जोशीले साथ दिएका थिए ।  आफ्नै पार्टीका सभामुखलाई मतदान नगर्नेहरुमा नेपाली काँग्रेसका सांसद दिवान बिष्ट, गीता कुमारी चौधरी र ललिता सुनार रहेकी छन् ।

उनीहरु ढिलो गरी प्रदेश सभा हलभित्र प्रवेश गरेका कारण आफ्नै उम्मेदवारलाई मतदान गर्न बञ्चित भएका हुन् ।  यद्दपि माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीका बिपक्षमा भने उनीहरुले मतदान गर्न पाए ।  मतदान प्रकृयामा माओवादी केन्द्रकी सांसद लक्ष्मी बिक पनि अनुपस्थित थिईन । उनी पनि ढिलो गरी प्रदेश सभा हलभित्र प्रवेश गरेकी थिईन ।