डडेल्धुरामा गहुँबाली सुक्न थालेसँगै किसान चिन्तित
2023/01/17, 1:59
 
ss

लगातारको खडेरीले गहुँ बाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन्।  खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका हुन्।

यो बर्ष हिउँदे वर्षा नहुँदा डडेल्धुरामा गहुँ बाली सुक्न थालेको आलिताल गाउँपालिका –२ का किसान देवराज भट्टले बताए। खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि भोकमरी हुने भन्दै उनी जस्तै अन्य किसानहरू पनि चिन्तित बनेका छन्।

डडेल्धुरामा आठ हजार सात सय ४४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ। गत बर्ष पनि ठुलो खडेरीले गर्दा १।५ मेट्रिकटन प्रति हेक्टर मात्रै गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए।

गत बर्ष खडेरीले गहुँ उत्पादकत्वमा कमी आएको र यो बर्ष पनि खडेरीका कारण गहुँ बाली उत्पादनमा ह्रास आउन सक्न कृषि ज्ञान केन्द्रले जनाएको छ।