दुष्यन्त बस्नेतको नेतृत्वमा निजि अस्पताल व्यवसायी संघर्ष समिति गठन
2023/01/17, 5:34
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवसायी संघर्ष समिति गठन गरिएको छ ।

संजीवनी अस्पताल प्रालिका सञ्चालक दुष्यान्त बस्नेतको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो । सो समितिको उपाध्यक्षमा नोभा अस्पतालका लोकराज भट्ट सहित २० सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा बेदप्रकाश जोशी, रामबहादुर सिंह, भुवनप्रसाद भट्ट, गणेशबहादुर खड्का, इश्वरदत्त पन्त, सुरज बुराकोटी, हरिश न्यूरे, रतन सिके, प्रशान्त सिंह लगायत रहेका छन् ।

प्रदेश सरकारले नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक, ल्याब, फार्मेसी लगायतका स्वास्थ्य  सरकारी अस्पताल वरपर तीन सय मिटरभित्र राख्न नपाउने गरि ऐन ल्याएको थियो ।

मन्त्रालयले तयार पारेको मापदण्डमा कुनैलाई एक वर्ष र कुनैलाई ५ वर्षमा विस्थापित हुनुपर्ने गरि तयार पारेको भन्दै सो समिति गठन गरिएको सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले बताए ।