दृष्टि फाउन्डेसनलाई धनगढीको लोटस क्याफेको सहयोग
2023/01/18, 5:15
 
gfhfdhgoit

 धनगढीस्थित लोटस क्याफेले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ। बुधवार क्याफेले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग गरेको हो।

स्थापनाको चार वर्ष पूरा गरेको अवसरमा सहयोग गरिएको क्याफेका संचालक टंक कठायतले जानकारी दिए। यस्तै, अर्का संचालक खेमनाथ योगीले पनि फाउन्डेसनलाई ११ हजार बराबरको सहयोग प्रदान गरिएको बताए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा २० प्रतिशत छुट र म्युजिकल कार्यक्रम पनि राखिएको छ। दृष्टि फाउन्डेसनले असहायलाई सेवा प्रदान गर्दै आएको छ।