‘रेशम रिहा नभए सरकारलाई विश्वासको मत दिदैनौं’
2023/01/19, 12:23
 
ss

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलका नेता रामेश्वर चौधरीले रेशम चौधरी रिहा नभए संघीय र प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।  रेशम चौधरीको रिहाई हाम्रो मुख्य माग हो, पश्चिम टुडेसंगको कुराकानीमा चौधरीले भने, ुउहाँको रिहाई नभए हामी संघीय र प्रदेश सरकारलाई विश्वासको मत हाल्दैनौ ।ु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घट्नामा अदालतद्धारा दोषी ठहर भएपछि कारागारमा सजाय काटिरहेका थरुहट आन्दोलनका अगुवा रेशम चौधरी सहितका व्यक्तिहरुलाई रिहा गर्ने आश्वासन दिएपछि नागरिक उन्मुक्ति पार्टीले संघीय र प्रदेश सरकारलाई समर्थन गरेको थियो ।

हामीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको प्रतिबद्धतापछि संघीय र प्रदेश सरकारलाई समर्थन गरेका हौ । त्यही प्रतिबद्धता दोहर्याएपछि सभामुखका पक्षमा पनि मतदान गरेका हौ, चौधरीले भने, तर अव रेशम चौधरी रिहा नभएसम्म सरकारलाई विश्वासको मत दिदैनौ । न त हामी सरकारमा नै सहभागी हुन्छौ ।

उनले रेशम चौधरीको रिहाई आफ्नो पार्टीको बटमलाईन भएको समेत बताए । चौधरीले भने, हामीलाई मुख्यमन्त्री दिन्छौ भनेर नेपाली काँग्रेसले आश्वासन दिएको छ । तर हाम्रो माग मुख्यमन्त्री होईन । रेशम चौधरीको रिहाई हाम्रो बटमलाईन हो ।  पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टी भित्र फुटको अवस्था सृजना भएको र संसदीय दलको नेताका विषयमा बिबाद उत्पन्न भएको कुरा बाहिर आएको थियो । चौधरीले उक्त कुरामा सत्यता नभएको बताए । हाम्रो पार्टीको संसदीय दलको नेता म नै हो, उनले भने, मलाई सबैले नेता स्वीकार गरेका छन् । हामी भित्र कुनै समस्या छैन ।

यद्यपि, केही दिनअघि नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता लक्ष्मण किशोर चौधरीले संसदीय दलको नेता रामेश्वर भएपनि मुख्यमन्त्री आफ्नो दावी रहेको बताएका थिए ।