
सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईको चालू आर्थिक वर्षको नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सूचीमा संलग्न आयोजनाहरु कार्यान्वयनका लागि स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको कोष प्रवाहसम्बन्धी व्यवस्थानुसार सशर्त अनुदानको रुपमा सम्बन्धित स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् मन्त्री खगराज भट्टले बताए ।

यसैगरी, प्रदेश सरकारले संघीय सरकारसँग गर्नुपर्ने समपूरक र विशेष अनुदानबारे भएको तयारीको जानकारी र सिफारिस गर्ने निर्णय गरेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15