
कैलालीमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । लम्कीचुहा नगपालिका १ को भुरुवामा खुकुरी प्रहारबाट दुई युवक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन् । सोमबार राति छिमेकीको घरमा नाच्न गएका बेला आपसी विवादका क्रममा उनीहरुबीच लफडा भएको थियो । विवादका कारण चार जना स्थानीय युवाले दुवै जनामाथि धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनीहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
हतियार प्रहारमा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरुको परिचय भने गोप्य राखिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15