कैलालीमा ट्रयाक्टर दुर्घटना, चालक र सहचालक गम्भीर घाइते
2023/01/20, 1:53
 
ss

कैलालीमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान पौने ११ बजेतिर से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्र पाण्डेले ढुङ्गा लिन गएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएको जानकारी दिए ।  उनकाअनुसार रानाको शरीरमा गम्भीर चोट लागेको छ भने सोही ठाउँ बस्ने सहचालक ४० वर्षीय मनीराम चौधरी इन्जिनमा च्यापिएको अवस्थामा भेटिएका छन् ।

ट्रयाक्टरको इन्जिनले च्यापिएका चौधरीको उद्दारका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल गएको छ । चालक रानालाई एम्बुलेन्स मार्फत उपचारका लागि अत्तरिया ल्याउने तयारी छ ।