कैलालीमा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन, विवरण पेस गर्न प्रशासनको निर्देशन
2023/01/20, 5:53
 
dd

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लमा सञ्चालित आयोजनाको विवरण पेस गर्न आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।
आयोजनाका नाममा जथाभाबी चलेका क्रसरलाई व्यवस्थित गर्न गराउन कार्यालयहरूलाई सो निर्देशन दिएको हो ।  जिल्लामा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन भएको पाइएकोले नियन्त्रण गर्न जरुरी रहेको हुँदा कार्यालयले सोमबार भित्र विवरण पेस गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

आयोजना कहिले सञ्चालन भएकोरु सम्पन्न हुने मिति, के कति नदीजन्य पर्दाथ ढुङ्गा, बालुवा, गिट्टी० आवश्यक हो र कति मौज्दात रहेको छ भनेर विस्तृत विवरण माग गरिएको उनले बताए ।  प्रशासनले जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका ४ क्रसर कम्पनीलाई बन्द गर्न निर्देशन दिई सकेको छ । भने आयोजनाका नाममा जथाभाबी सञ्चालनमा रहेका क्रसरलाई नियन्त्रण गर्न विवरण माग गरिएको उनले बताए ।

उनले भने क्रसरलाई बन्द गराइँदा विकास निर्माणमा अप्ठ्यारो हुन्छ । ठप्पै बन्द गर्न त भन्न सकिँदैन तर, कानुन सम्मत ढङ्गले आयोजनाका नाममा रहेका क्रसर जानुपर्छ ।  शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी अध्यक्षतामा आयोजना कार्यालयका पदाधिकारी तथा कन्स्ट्रक्सन सञ्चालक लगायतसँग छलफल गरेका थिए ।