धनगढीमा खुल्दै सौभाग्य हस्पिटलः सर्वशुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा
2023/01/20, 5:58
 
ss

स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको धनगढीमा निजि अस्पतालहरु खुल्ने क्रम जारी रहेको छ । निजि क्षेत्रको लगानीमा सुविधा सम्पन्न अस्पतालहरु खुल्ने क्रम जारी रहेको हो । निजि अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनको तयारीमा रहेको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै बिशेषज्ञ सेवा सहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित कृषि सामाग्री संस्थानको अगाडी मेनरोडमा सञ्चालनका लागि तयार भएको हो । 

1

२५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वशुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा दिने गरी माघ महिनाभित्रै सञ्चालनको तयारीमा रहेको सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिए । ‘निजि अस्पतालमा महँगोमा उपचार हुन्छ भन्ने कुरालाई हामीले चिर्ने प्रयास गर्नेछौं । सस्तो शुल्कमा गुणस्तरी स्वास्थ्य उपचार दिनु नै हाम्रो ध्येय हो ।’ सञ्चालक रिमालले भने–‘मुस्कान सहितको स्वास्थ्य उपचार गराएर आएका सबै विरामीहरुलाई पुर्ण रुपमा सन्तुष्ट बनाएर मात्रै पठाउँछौं ।’ सञ्चालनको सुरुवातमा एक महिना ओपिडी सेवा निशुल्क गर्ने अस्पतालले जनाएको छ । त्यस्तै स्वास्थ्य शिविरहरु पनि आयोजना गरिनेछ । 

3

मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सुदुरपश्चिम प्रदेशमा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरुको दावी छ । बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायत सबै स्वास्थ्य सेवाहरुको बिशेषज्ञ स्वास्थ्य उपचार दिन तयार रहेको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए । आईसियु, एनआईसियु सेवा सहित वातानुकुलित कक्षहरुमा विरामीले उपचार पाउने अध्यक्ष जोशीले बताए । 

4

6

हस्पिटलले ६ महिनाभित्र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने जनाएको छ । २५ शैय्याबाट अस्पताल सुरु भएपनि छिट्टै एक सय शैय्याको पुराउने योजना बनाईएको छ । अस्पतालहरुमा सर्वशुलभ शुल्कमा फरक शैलीमा मुस्कान सहितको स्वास्थ्य सेवा दिएर फरक पहिचान बनाउने लक्ष्य राखिएको छ । 

3

1

विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय भएका युवाहरुको समुहले अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ दिनु मात्रै उनीहरुको उद्देश्य होईन की स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्नुका साथै नेपालमै लगानी गरेर रोजगारीको सिर्जना गर्नुका साथै पुँजी पलायन रोक्नु पनि उनीहरुको ध्यय हो । त्यही भएर एक सय ११० जना भन्दा बढीलाई रोजगारी दिएर सौभाग्य हस्पिटल सञ्चालनका लागि तयार भएको हो । 

1