मुख्यमन्त्री रावल विश्वासको मतका लागि काठमाडौँमा शीर्ष नेताहरूसँगको भेटघाटमा व्यस्त
2023/01/22, 4:36
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल विश्वासको मत लिन शीर्ष नेताहरूको भेटवार्तालाई बाक्लो बनाइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको अन्योलका कारण मुख्यमन्त्री रावल पनि विश्वासको मतका बिषयमा विश्वस्त छैनन् । यहि विषयलाई हल गर्न एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति तथा एमालेका मुख्यमन्त्री लगायतका नेताहरूसँग बालकोटमा छलफल भएको छ ।

एमाले सचिव लेखराज भट्ट, पूर्व मन्त्री झपट बोहरा लगायतसमेत सम्मिलित टोलीले संयुक्त रुपमा बालकोटमा गरेको सो संवादलाई अर्थपूर्ण रुपमा लिइएको छ ।मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक नेताले बताए । यस्तै टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने भएको छ ।

ओलीसँगको भेटवार्ता सकारात्मक रहेको बताउँदै नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले भने, ‘मुद्दा सम्बोधनबारे बालकोटको धारणा एकदमै सकारात्मक छ । हामी आशावादी पनि छौ । सोही अनुसार हामी पनि हेर र पर्खको अवस्थामा छौ ।’ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ३० भित्रै प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।