विशेषज्ञ स्वास्थ्य सेवा सहित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल सञ्चालनको तयारीमा
2023/01/22, 6:14
 
ss

मुटुरोग सम्बन्धी सामान्य चेकजाँच सुदुरपश्चिम प्रदेशमा हुदैं आएको भएपनि विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रिया उपचार सेवा अझैसम्म पुग्न सकेको छैन । क्यान्सर रोग सम्बन्धीको उपचार त पाउन सकिने अवस्था पनि रहेको छैन । मुटु र क्यान्सरको उपचारका लागि अहिले पनि भारत वा काठमाण्डौं लगायतका ठाउँहरुमा जानुपर्ने बाध्यता रहदैं आएको छ । तर अब त्यसका लागि भारत वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुदैंछ । अबको एक महिनामा मुटु र क्यान्सरका विरामीहरुले जस्तोसुकै उपचार र शल्यक्रिया सस्तो मुल्यमा धनगढीमा पाउने भएका छन् ।

11

धनगढीको चटकपुरमा  स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल सञ्चालनको तयारीमा रहेको छ । जहाँ मुटु र क्यान्सर सम्बन्धीका सम्पुर्ण स्वास्थ्य उपचार सेवा पाउन सकिनेछ । माघ महिनाभित्रै सो अस्पताल सञ्चालनमा आउने तयारीमा रहेको छ । अस्पताल सञ्चालनमा आएसँगै यो क्षेत्रका विरामीहरुले घर आँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएका हुन् । अस्पतालमा दुर्घटनामा घाईतेहरुको सहज उपचारका लागि ट्रामा ईमरजेन्सी कक्ष बनाईएको छ । जुन कक्षभित्र नै अलग्गै शल्यक्रिया कक्ष, आईसियु र भेन्टिलेटरको व्यवस्था गरिएको छ । ट्रामा ईमरजेन्सी कक्ष सञ्चालनमा आएपछि दुर्घटनामा घाईतेहरुले अकालमै ज्यान गुमाउने अवस्था र थप उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । 

1

सुदुरपश्चिमको धनगढीले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको अवस्थामा सबै स्वास्थ्य उपचार सेवा धनगढीमा पाउने नसकिने अवस्थालाई ध्यानमा दिएर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले धनगढीमा उपलब्ध नरहेका उपचार सेवाहरु थप गरेर अस्पताल सञ्चालनको काम अन्तिम चरणमा पुराएको छ । मुटु र क्यान्सर रोगको मात्रै होईन प्लाष्टिक सर्जरी, टेष्ट ट्युव बेबी सहितका अन्य सबै बिशेषज्ञ सेवा सहित अस्पताल सञ्चालनको तयारीमा रहेको अस्पतालका अध्यक्ष महेश जोशीले बताए । 

4

3

२५ शैय्याको अस्पताल सञ्चालनमा आउन लागेको जोशीले बताए । निजि अस्पतालहरुमा हाल उपलब्ध रहदै आएका आईसियू, एनआईसियु, पिआईसियु, सिटिस्क्यानका साथै  बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुका साथै यसक्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालको दावी छ । 

3

2

अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी÷आईभिएफ तथा अंकोलोजी सेवाहरु पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

1

‘हामीले धनगढीमा रहेका निजि अस्पतालहरुले दिईरहेको सेवाको मुल्य हेरेका छौं । त्यसको विश्लेषण गरेका छौं । त्यही भएर पनि हाम्रोमा उपचार सेवा महँगो हुदैंन । सस्तो मुल्यमा सहज र गुणस्तरीय सेवा दिने हाम्रो प्रयास हो ।’ उनले भने– ‘यहाँँ नभएका सेवाहरु पनि अन्य ठाउँहरुको भन्दा सस्तो हुन्छ । गुणस्तरीय हुन्छ । अत्याधुनिक उपकरण मार्फत र पछिल्लो समयमा विश्वमा सञ्चालनमा आएका प्रविभि मार्फत नै स्वास्थ्य सेवा दिन कुनै कसर बाँकी राख्दैनौ ।’

4

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट समेत रहेको छ । अस्पतालमा शल्यक्रिया गर्नका लागि विश्व स्तरीय मोडुलर अप्रेशन थियटर तयार पारिएको छ । यो प्रकृतिको शल्यक्रिया कक्ष पश्चिम नेपालकै पहिलो भएको अस्पतालको दावी छ । ‘यस्तो शल्यक्रिया कक्ष बुटवलभन्दा पश्चिममा छैन । स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा पनि पश्चिम नेपालकै पहिलो हो ।’ अध्यक्ष जोशीले भने । अस्पतालमा अत्याधुनिक शव गृह पनि निर्माण गरिएको छ । जसमा बर्षौसम्म शवलाई सुरक्षित राख्न सकिनेछ । यो सेवा अन्य स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने अस्पतालले जनाएको छ । 

1

अस्पतालसँग पर्याप्त ठाउँहरु रहेको छ । झण्डै दुई विगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको अस्पतालमा ५१ हजार स्क्वायर फिटमा संरचना निर्माण गरिएको छ । सबै स्वास्थ्य उपचार सेवा पाउनका लागि अलग अलग विभागहरु बनाईएको छ । अस्पतालमा आउने विरामीहरुलाई मात्रै नभएर उनीहरुका कुरुवाहरुका लागि विशेष व्यवस्था गरिएको छ । कुरुवाहरुलाई वास र खानाको व्यवस्था पनि अस्पतालमा मिलाइएको छ । त्यसैगरी लकर सुविधा पनि अस्पतालमा पाईनेछ । अस्पतालको नयाँ र अत्याधुनिक सुविधाहरु थप्दै उत्कृष्ट स्वास्थ्य प्रदान गर्ने लक्ष्य रहेको अस्पतालका अध्यक्ष जोशीले बताए । 

1