कैलालीका स्थानीय तहको पूर्ण खोप सुनिश्चित गर्ने प्रतिवद्धता
2023/01/23, 12:13
 
ss

कैलालीका स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने प्रतिवद्धता गरेका छन्। आइतवार धनगढीमा आयोजित जिल्ला स्तरीय पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्धन कार्यक्रममा धनगढीका १३ वटै पालिकाले पूर्ण खोप सुनिश्चित गर्ने प्रतिद्धता गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय धनगढी कैलालीले आयोजना गरेको कार्यक्रममा कैलालीका १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रमा दिगो विकासका लक्ष्य हासिल गर्दै सन् २०३० मा अल्पविकसित देशबाट नेपालललाई विकासशील देशमा स्तरोन्नति गर्न खोप कार्यक्रमका माध्यमबाट नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा पालिकाहरूले सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाउने नेपाल सरकारको योजना र लक्ष्यलाई पूरा गर्न स्थानीय तहले गर्नुपर्ने सबै कार्य गर्न तयार रहेको बताएका थिए।