शिव शिखर सहकारी धनगढी शाखाद्धारा बचत फिर्ता गर्न सकस
2023/02/07, 5:26
 
sdfsfg

धनगढी । कैलाली धनगढीमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाले बचतकार्तको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरुले बचत गरेको रकम फिर्ता गर्न नसेको सहकारीका ग्राहकहरुले बताएका छन्

दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्। शिवशिखरकै बुटवल शाखामा बचतकर्ता माथि ठगी भएकाको विषय बाहिर आएपछि त्यसको प्रभाव कैलालीको धनगढी शाखामामा समेत परेको बताईएको छ । केहि दिन यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क बिहिन भएको सेवाग्राहीले बताएका छन् । सहकारीले दैनिक चल्ती खातामार्फत रकम संकलन गर्दै आएको थियो।

कैलाली धनगढी उपमहानगरपलिाका (१४ स्याले बजारका प्रकाश मल्लले सहकारीमा राखिएको पैसा फिर्ता माग्न गएपनि पैसा सकिएको भन्दै फिर्ता पठाएको बताए । मल्लले भने , ‘सहकारीमा राखिएको पैसा जोखिमा पर्न थाल्यो, त्यही भएर भएको ४० हजार रुपैयाँ फिर्ता माग्न आएको भए पनि सहकारीले रित्तैहाल फार्कएयो ।’ यस्तै धनगढी(१४ कै धर्मराज पडालले पनि आफुुले बचत गरेको ३ लाख ५० हजार जती फिर्ता माग्न गएको दुुई दिन भएपनि फिर्ता नपाएको बताए । कार्यलयमा पैसा माग्नेको भिड लागेको बताउदै सहकारीले पैसा दिन्छुु भने पैसा फिर्ता माग्न जादाँ कर्मचारी नै कार्यलयमा भेटिन छोडेको बताए । यस्तै दैनिक बचत संकलन कर्ता समेत बजारमा दैनिक रकम संकलन गर्न नजादा बचतकर्ताहरु आफुुले बचत गरेको पैसा डुब्नेमा ससंकित भएको छन् ।

यता सहकारीका सुदूरपश्चिम प्रदेशका बिरिष्ठ प्रवन्धक हेमराज जोशी एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यलय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताए । आफू पैसाको ब्यवस्थापन गर्न काठमाडौ आएको बताउदै उनले भने, ुु दैनिक जसो सयौको संख्यामा बचतकर्ताहरु बचत फिर्ता माग्न थालेको, जसमा कारण कार्मचारीहरुले असुुरक्षा महसुस गरेकाले कार्यालय जान सकेका छैनन् ।ू


केही दिनमा समस्याको हल हुने समेत प्रवन्धक जोशीले बताएका छन् । जोशीले बुटवल शाखामा देखिएको समस्यालाई इंगित गर्दै यस शाखामा समेत प्रभाव परेको बताए। जोशीले भने, ुुसबै बचतकर्ताको मागअनुरूप क्रमिक रूपमा हामी रकम फिर्ता गर्छौँ,’ उनले भने, ‘हामी कुनै पनि ग्राहकलाई मारमा पार्दैनौँ, ग्राहको बचत भएको रकम फिर्ता गर्छौ ।’