सात सांसदसँग तस्वीर खिचाउँदै रञ्जिताले लेखिन्‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने’
2023/02/09, 12:17
 
dd

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कसैका सामू आत्मसमर्पण नगर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सबै सात सांसदहरूसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठले आत्मसमर्पण नगर्ने बताउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन्। काठमाडौंमा रहेका पार्टीका सांसदहरुसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले कसैसामु आत्मसमर्पण नगर्ने बताएकी हुन्।   ‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने। योद्धाहरु त सहिद भएर मर्छन्,’ श्रेष्ठले लेखेकी छन्, ‘तर, परिचय मर्न दिँदैनन्।’

सबैको चाहना मुलुक समृद्धिमा पुग्ने चाहना हुने भए पनि थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने उनको भनाइ छ।  ‘आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालो तिर लाग्छ,’ अध्यक्ष श्रेष्ठले लेखेकी छन्।   उनले देश मागेर आफूहरुले विद्रोह नगरेको पनि प्रष्ट्याएकी छिन्। ‘देश मागेर विद्रोह हाम्रो माग होइन,’ श्रेष्ठले लेखेकी छन्, ‘मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो। हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ।’  नागरिक उन्मुक्तिका ७ जना प्रदेश सांसद संघीय राजधानी काठमाडौंमा छन्। मंगलबार धनगढीबाट गएकाउनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्। 

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर निर्णायक रहेको नाउपाले विश्वासको मत नदिने अडान लिएको छ । नाउपाको साथबिना मुख्यमन्त्री रावलले बुहुमत गुमाउने छन् । 

2