सुदूरपश्चिममा एक महिनामै कांग्रेसको हातमा सरकार, शाहलाई सहज कतीको छ ?
2023/02/10, 11:49
 
सुदूरपश्चिममा एक महिनामै कांग्रेसको हातमा सरकार, शाहलाई सहज कतीको छ ?

धनगढी - सुदुरपश्चिम प्रदेशमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राजेन्द्र सिँह रावल एक महिना नपुग्दै पदमुक्त भएका छन् । सत्तारुढ दल एमालेसहित माओवादी, उन्मुक्ती तथा राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सत्तारुढ दल भित्रकै नागरिक उन्मुक्ती पार्टिले बिश्वासको मत नदिदाँ रावलसहित उनको सरकार ढलेको छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत थिएन्। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत थियो। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीसँग ७ मत रहेको थियो।

तर बिहीबारको प्रदेश सभा बैठकमा उपस्थीत नभएको नागरिक उन्मुक्ति पार्टीले बिश्वासको मत दिएन। उक्त पार्टिले आफ्ना माग सम्बोधन नभएसम्म बिश्वासको मत दिन नसकिने अडान कायमै राखेर आफ्ना सात जना साँसद काठमाण्डौँमा राखेका थिए । बिश्वासको मत नपाएपछि बिहीबार नै रावल पदमुक्त भएसँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा प्रदेश सभा कांग्रेस संसदिय दलका नेता कमल बहादुर शाहलाई नियुक्त भएका छन्। उनले आज पद तथा गोपनियताको सफथ लिदैँ छन्। एक महिनामै सत्तारुढ गठबन्धन भत्कीएसँगै काँग्रेस नेतृत्वको सरकार बनेको हो। हुनत मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनी एक महिना भित्र बिश्वासको मत लिनुपर्ने भएपनी सहज भने देखीएको छैन्।

अहिलेको गठबन्धनमा कुनै फेरबदल नआए शाहलाई विश्वासको मत लिन पनि नागरिक उन्मुक्तिको समर्थन अनिवार्य पर्नेछ। नागरिक उन्मुक्तिले भने माग पूरा नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने अडान राख्दै आएको छ। ५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका १९ सदस्य छन्। माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र छन्। कांग्रेस, समाजवादी र स्वतन्त्र मिल्दा २४ जना मात्र पुग्छ । शाहले ३० दिनभित्र विश्वासको मत नलिए प्रदेश सभाका कुनै पनि सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधारसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न सक्छन्। केन्द्रमा कांग्रेसले पूर्वसहमतिविपरीत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन अस्वीकार गरेको थियो। संघ र सातै प्रदेशको सरकारबाट बढारिएको कांग्रेसले सुदूरपश्चिमबाट सत्ता–राजनीतिमा ‘कमब्याक’ भएको काँग्रेस नेताहरुले बताएका छन्। बिहीबार प्रदेश सभा बैठकमा राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि सबैतिर विपक्षीमा रहेको कांग्रेसलाई सत्तामा फर्कने ढोका खुलेको हो। यसका लागी प्रदेश सरकार गठनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले उपयुक्त वातावरण बनाइदिएको हो। सुदूरपश्चिममा सत्तागठबन्धनको बहुमत हुँदाहुँदै पनि सरकारले विश्वासको मत नपाएपछि गठबन्धनमा समस्या आएको बुझाइसहित कांग्रेस उत्साही बनेको छ । कांग्रेस उत्साही बनेपनी एक महिनामा मुख्यमन्त्रीले लिने बिश्वासको मतमा भर पर्ने देखीएको छ। नत्र यस्ले प्रदेश तथा केन्द्र सरकारमा पनी फेरबदलको संकेत नल्याउला भन्न सकिन्न।

को हुन् मुख्यमन्त्री कमल शाह ? सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह कैलाली क्षेत्र नम्बर २ ९१० बाट नाउपाका रतनबहादुर थापालाई पराजित गर्दै प्रदेशसभामा पुगेका हुन् । ५१ वर्षीय शाहले २०४४ सालमा नेविसंघबाट राजनीति सुरु गरेका हुन् । उनी २०५८ देखि एक दशकसम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष भएका थिए । हाल उनी कांग्रेसका महासमिति सदस्य छन् । उनी २०७० मा कैलाली २ बाट संविधानसभा सदस्य लड्दा पराजित भएका थिए ।