एम्बुलेन्स खरिद प्रकरणः सार्वजनिक लेखा समितिको प्रतिवेदनमा के के छ ? (प्रतिवेदन सहित)
2020/06/29, 9:34
 
ambulence

सुदुरपश्चिम प्रदेश सरकारले किनेका एम्बुलेन्समा अनियमितता गरेको ठहर भएको छ । सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेका एम्बुलेन्स खरिद प्रक्रियाहरु गम्भीर त्रुटी भएको भन्दै मिलोमतो भएको उल्लेख गरिएका छ । 

गत चैत ८ गते वसेको सार्वजनिक लेखा समितिको निर्णय अनुसार गठन गरिएको छानविन उप सिमितले एम्बुलेन्स खरिद प्रक्रियाहरुको तीन महिना लगाएर गरेको अध्ययन अनुसन्धानमा त्रुटी नै त्रुटी गरेर मिलोमतो भएको छ । सार्वजनिक लेखा समितिकी सभापति नन्दाकुमारी बमको संयोजक रहने गरी प्रदेश सभा सदस्यहरु कर्ण मल्ल, चुनकुमारी चौधरी, मनाकुमारी साउँद र अर्चना गहतराज सदस्य रहेको छानविन उपसिमितिले आफ्नो उपसमितिमा छलफल गर्दै प्रतवेदन सार्वजनिक लेखा समितिमा प्रस्तुत गरिएको हो ।

तर लेखा समितिका सदस्यहरुबीच प्रक्रिया नपुगेको भन्दै छलफल प्रक्रिया नै अगाडी वढ्न सकेन् । एम्बुलेन्स खरिदको विषयमा तयार पारिएको प्रतिवेदनका विषयमा छलफल गर्नका लागि समितिको बैठक बोलाईएको भएपनि केही सदस्यहरुले प्रक्रिया नपुगेको भन्दै आपत्ति जनाएपछि प्रतिवेदनको विषयमा छलफल नहुदै बैठक टुंगिएको छ । 

0

1

2

3

4

5

7

8

9