बझाङको बुंगलमा मेयर र उपमेयरको कार्यकक्षमा विप्लवको तालाबन्दी
2023/02/13, 2:03
 
talabandi

विप्लवनिकट नेत्रविक्रम चन्द नेकपाले बझाङको बुंगल नगरपालिकाकामा तालाबन्दी गरेको छ। बुंगल नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन भएपछिपालिका मेयर र उपमेयरको कार्यकक्षमा विप्लवले ताला लगाएको हो। 

नगरपालिकाको कार्यालय बिजगडामा मेयर जयबहादुर धामी र उपमेयर धन बहादुर बोहराको कार्यकक्षमा ताला लगाएको विप्लव नेकपाले जनाएको छ। नगर उपप्रमुख बोहरा केही समय अघिदेखि धनगढी र नगर प्रमुख धामी काठमाडौँमा छन्।एक विज्ञप्ती जारी गर्दै नगरपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप विप्लवले लगाएको छ।

दलगत स्वार्थका कारण कर्मचारी खिचातानी गर्नाले नगरपालिका कार्यालय कार्यकारी विहिन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ। जसका कारण स्थानीयले ठूलो सास्ती भोग्नु परेको र उक्त समस्या समाधान गर्नका लागि ताला लगाएको नेकपा बझाङका सेक्रेटरी जीवनले बताए। जनताको पीडाको सम्बोधन नभएमा कडा संर्घषमा जाने विप्लवको चेतावनी छ। यस्तो छ बिज्ञप्ती