धनगढीका व्यवसायीद्धारा बजारबन्द गर्दै मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन
ब्याजदर विरुद्ध आक्रामक बन्दै
2023/03/03, 1:37
 
धनगढीका व्यवसायीद्धारा बजारबन्द गर्दै मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

धनगढी - धनगढीका उद्योग व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गरेका छन्। बैँक तथा बित्तियसंस्थाहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध लगातार आन्दोलनमा रहेका उद्योग व्यवसायीहरूले आज प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका हुन्।

बैङ्कको चर्को ब्याजदर फिर्ताको माग उनीहरुले गरेका छन्। बिहीबार धनगढीका उद्योग व्यवसायीहरूले बैङ्कमा नो डिपोजिट भन्दै बैङ्क बन्द गराएका थिए। धनगढीमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्ध सुदूरपश्चिमका व्यवसायी झन आक्रामक बन्दै गएका छन्। भने व्यवसायीहरुले धनगढीमा दैनिक आन्दोलन र बिहान ९ बजेदेखि ११ बजेसम्म बजार बन्द गर्दै आएका छन्। राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग सुनुवाई नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन् ।