पार्टी सुदृढीकरण गर्न ‘मिसन ग्रासरुट’अभियान होः लेखराज भट्ट
2023/03/04, 1:43
 
पार्टी सुदृढीकरण गर्न ‘मिसन ग्रासरुट’अभियान होः लेखराज भट्ट

कञ्चनपुर - नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पार्टी सुदृढीकरणमा जोड दिएका छन्। शुक्रबार शुक्लाफाँटा नगरपालिका-५ मा आयोजित ‘मिसन ग्रासरुट’अभियान मा बोल्दै उनले पार्टी र जनबर्गिय संगठन सुदृढीकरणमा जोड दिएका हुन्।

‘नेता र जनताबीच सुमधुर सम्बन्ध कायम राख्न पनि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको हो,’ उनले भने, ‘पार्टीलाई सुदृढीकरण गर्दै जनताको पक्षमा काम गर्ने हाम्रो उदेश्य हो ।’कार्यक्रममा सचिव भट्ट, पोलिटव्युरो सदस्य लिला भण्डारी, केन्द्रीय सदस्य झपट बोहरा, सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य बचनबहादुर सिंह, जिल्ला सचिवालय सदस्य शुसिला सिंह, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम प्रदेश सह(इन्चार्ज कमलराज गिरी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा एमाले देशभर २ महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको छ।