थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन
2023/03/04, 1:44
 
थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन

कैलाली - थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रबार ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको हो। अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको जनाएको छ।

चर्चित वृत्त चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रूपमा भूमिका निर्बाह गरेका थिए। चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए । अन्तर्राष्ट्रिय करातेका खेलाडीसमेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए। धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११ युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए। स्वर्गीय चौधरीकी आमा, पत्नी र तीन छोरी छन्।