सरुवा गर्दा आत्तिए सुदूरपश्चिमका कर्मचारी, नियतमाथी शंका
कर्मचारीहरु मन्त्रीकहाँ धाउदै
2023/03/19, 12:53
 
कर्मचारीहरु मन्त्रीकहाँ धाउदै

धनगढी - सरकारले कर्मचारी सरुवा गरेपछि सामाजिक बिकास मन्त्रालय माथहतका कर्मचारीहरु आत्तिएका छन् । बषौँदेखी एउटै कार्यालयमा रहेका कर्मचारीहरुलाई एक्कासी सरुवा गरेपछि आत्तिएका हुन् । सामाजिक बिकास मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्रालयमा कार्यरत गगनदेव भटट्लाई सोही मन्त्रालय मातहतको सामाजिक विकास कार्यालय कैलालीमा सरुवा गरिएको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बमलाई बझाङ सरुवा गरिएको छ । कञ्चनपुरमा कार्यरत शिवराज सुनारलाई कैलाली ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयमा कार्यरत दयाकृष्ण पन्तलाई कञ्चनपुर सरुवा गरिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा कार्यरत गजेन्द्र कुश्वाहालाई कञ्चनपुर सरुवा गरिएको बताइएको छ । सामाजिक विकास कार्यालयमा कार्यरत कूलराज सोतीलाई पनि सरुवा गरिएको छ । तर आफूलाई कहाँ पठाइएको भन्नेबारे जानकारी समेत नपाएको सोतीले बताए ।

सरुवा गरिएका कर्मचारीहरुले सरुवा रोक्न आ आफ्नो राजनितिक नेतृत्वहरुकहाँ पहल गरिरहेका छन् । श्रोतका अनुसार कर्मचारीहरुले प्रदेशका मन्त्रीहरुकहाँ नै सरुवा रोक्न धाइरहेका छन् । बषौँ राज गरेका कर्मचारीहरुलाई एक्कासी सरुवा गरिदा उनिहरु आत्तिएका छन् । सरुवा रोक्न उनिहरुले अनेक उपाय अपनाइरहेका छन् ।

सामाजिक बिकास मन्त्रालय अन्तर्गतकै एक कर्मचारीले सरुवा भएको ठाउँमा कर्मचारीले काममा जानुपर्ने बताए । इमान्दार कर्मचारीले सरुवा भएको ठाउँमा हाँजिर हुने हो उनले भने “बषौँसम्म एउटै कार्यालयमा बसेर काम गरेका कर्मचारीहरु सरुवा भएपछिपनि सोही कार्यालयमै बस्न खोज्नुले शंका उब्जेको छ, जागिर अवधीभरी एउटै कार्यालयमा बसेर काम गर्न पाइदैन यो नियमनै हो सरकारले खटाएको ठाउँमा जानुपर्छ, हैन भने कुर्सी छोड्नै नखोज्ने कर्मचारीको नियत के हो छानबिन गर्नुपर्छ ।”

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले कर्मचारी सरुवा गरिएको पुष्टि गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सहमति र प्रदेश निजामती सेवा ऐन २०७९ अनुसारको माग र आवश्यकता अनुसार आवश्यक प्रक्रिया पु¥याएर सरुवा गरिएको दाबी गरे ।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी प्रमुख डाक्टर खगेन्द्र बमले सरुवा भएको भन्ने खबर पाएको तर हालसम्म पत्र नआएको बताए । सरुवाको पत्र आए खटाएको स्थानमा हाँजिर हुने बमको भनाई छ ।