एनआईसिय एसिया बैंकद्धारा बैतडी र दार्चुलामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
2023/03/24, 3:33

एनआईसिय एसिया बैंकले बैतडी र दार्चुलामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ग्लोबल मनि वीक २०२३ मनाउने कार्यक्रम अन्तर्गत एनआईसि एसिया बैंकको बैतडीको पाटन शाखा र दार्चुला शाखाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम दार्चुलामा महाकाली नमुना माध्यमिक विद्यालयमा र पाटनमा पाटन मल्टिपल क्याम्पसमा आयोजना गरिएको थियो । दार्चुलामा ५० र पाटनमा ४० जना विद्यार्थीहरुलाई वित्तिय साक्षरताका विभिन्न बिषयमा जानकारी दिईएको थियो ।

ग्लोबल मनि वीक २०२३ मनाउने कार्यक्रम अन्तर्गत अन्य शाखाहरुले पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने बैंकले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04