खप्तडमा ‘हेली टुर’ सञ्चालन
2023/03/24, 7:21
 
ss

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो ।  समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार  झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा  खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो । 

आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरीने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए । 

साथै डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति रु १० हजारसम्म शुल्क तोकिएको  खड्काले बताए ।खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’ आजदेखि १२ गतेसम्म रहनेछ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको खड्काले जानकारी दिए । 

सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुङ्गा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् ।भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । पछिल्लो समय भूस्वर्गका रुपमा चिनिने खप्तड दिनानु दिन पर्यटको रोजाइ बन्दै गएको छ ।