कैलालीमा धामीझाँक्रीको भर पर्दा एक गर्भवती महिलाको मृत्यु
2023/03/25, 11:26
 
कैलालीमा धामीझाँक्रीको भर पर्दा एक गर्भवती महिलाको मृत्यु

धनगढी - धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेकी २२ वर्षीय गर्भवतीको ज्यान गएको छ । घर नजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो । बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगर पालिकाको बनबेहडा स्थित अर्को धामीको घरमा लगिएको थियो ।

ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन् । त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । यसबीचमा कल्पना बिरामी भएको ३० घण्टा बितिसकेको थियो । कल्पनाको घरबाट छ किलो मिटर जति टाढा अत्तरियामा निजी अस्पताल छन । करि ब २० किलो मिटर टाढा धनगढीमा सरकारी र निजी क्षेत्रका दर्जनौ अस्पताल छन् ।

कल्पनाले जिब्रो बाहिर ल्याउने, –याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थाले पछि छर छिमे की सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए । कल्पनाका ससुरा प्रेम विकले भने , “हामीले यस्तो बिरामी पहिले कहिल्यै देखेका थिएनौँ । त्यसपछि धामीझाँक्रीको भर परेका हौं ।” नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी थिइन । उनलाई अस्पताल पु¥याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो । कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भएकी थिइन। कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन । उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए।

उनकाअनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो । फोक्सो, लिभर लगायतका अङ्गले काम गर्न छाडेका थिए । कल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको थियो । बान्ता गरेको, ज्वरो आएको र बेहोश भएका कल्पनालाई निकै प्रयास गर्दा पनि बचाउन नसकेको डा. भट्ट्ले बताए । यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार , अघिल्लो आर्थिक वर्षमा नौ र त्यो भन्दा अघिल्लो वर्ष २० गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशभरि साउनदेखि फागुसम्म २१ जना, आव २०७६÷७७ मा १९ जना, २०७६÷७८ मा २४ जना, २०७८÷७९ मा २१ जना गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिएका छन ।