सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने
सामाजिक विकास मन्त्रालयले जारी गर्यो सूचना
2023/03/27, 12:31
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका दलित, आदिवासी, जनजाती, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
मूल्याङ्कनमा उत्कृष्ट अंक ल्याउने ९ जनालाई छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रति विद्यार्थी प्रति वर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ । त्यसका लागि चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा पास भएको हुनुपर्नेछ । आवेदन १२ चैतदेखि २६ चैतसम्म दिन सकिनेछ ।
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2020/10/13, 7:12
2024/01/03, 3:57
2021/04/12, 11:48