धनगढीको एक वडा कार्यालयमा तालाबन्दी
2023/03/27, 6:59
 
ss

धनगढीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय ब्यबस्थापन समितिमा सिफारिसको बिषयलाई आज धनगढी उप–महानगरपालिकाको १८ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको वोर्ड बैठकले स्थानिय खप्तडी आधारभूत बिद्यालय ब्यबस्थापन समितिमा सुवास बस्नेत र सामैला विकलाई सिफारिस गरेको थियो।

सिफारिस गरिएपनि वडा कार्यालयले सुवास बस्नेतलाई स्थानिय चन्द्रोदय माध्यामिक बिद्यालयमा पठाएपछि त्यसको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानियले बताएका छन् । बस्नेतका समर्थकसहित स्थानियहरुले उपमहानगरपालिको निर्णय वडा कार्यालयले नमानेको भन्दै तालाबन्दी गरिएको बताएका छन्।