धनगढीको नवजीवन अस्पतालमा सिटी स्क्यान सेवा सुरु
2023/03/27, 7:03
 
dd

धनगढीस्थीत नवजीवन अस्पताल प्रालीमा सिटी स्क्यान सेवा सुरु गरिएको छ । नवजीवन अस्पतालले एकपछि अर्को गर्दै आज देखी उच्च स्तरीय प्रबिधिसहितको हाई क्वालीटीको सिटी स्क्यान सेवा सुरु गरिएको जनाएको छ । आज देखी हाई क्वालीटीको उक्त सेवा सुभारम्भ भएको आम बिरामी तथा सेवाग्राहीलाई जानकारी गराइएको अस्पतालका सिइओ चक्र खडायतले बताए।

यसअघि अस्पतालले केही दिनमै इमरजेन्सी फाँटबाट सिटीस्क्यान जडान गरेर सेवा प्रदान गरिने जानकारी दिएको थियो। नवजीवन अस्पतालमा कार्यरत परामर्शदाता तथा बरिष्ठ रेडियोलोजिस्ट डाक्टर मनिन्द्र मानन्धरले बिशेष गरेर दुर्घटनामा परेपछि टाउको,आँखा नाक, कानको छातीको हड्डीमा समस्या केछ भनेर चेकजाँज गर्न सकिने बताए।

दिमागको अवस्था तथा कानको इन्फेक्सन, जाली तथा नसाको अवस्था लगायत मुखमा क्यान्सर, छातीमा इन्फेक्सन, पेटको समस्या,कलेजो तथा पित्त थैली, बच्चाको फोक्सोको समस्या, रगतको नली तथा हात खुट्टाको नलीमा समस्याको बारे सिटी स्क्यानले पहिचान गर्न सकिने उनको भनाई छ। अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।

नवजिवन अस्पताल २०६८ सालबाट स्वास्थ्य बिभाग काठमाण्डौँबाट ५० शैय्याको संचालन स्वीकृती लिई संचालनमा रहेकोमा यसै आर्थिक बर्षबाट १०० शैय्यामा स्तरोउन्नती गरिएको छ। अक्सिजन अभावलाई मध्यनजर राख्दै दिर्घकालीन रुपमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको छ। यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी, बरिष्ठ छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ। रेडियोलोजी सेवा, रंगिन भिडीयो एक्सरे सेवा लगायत आइसियु एनआइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । बरिष्ठ नेफोलोजि, डायलासिस बिषेशज्ञ हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ।साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ। आगामी दिनमा नवजिवन अस्पताल बिरामीको बिश्वास कायम राखी थपसेवासुबिधासहित अघि बढ्ने बिश्वास लिइएको छ।