कैलालीमा ४५ औं नेत्रज्योति दिवस मनाइयो
2023/03/27, 7:07
 
ss

नेपाल नेत्रज्योति संघले आफनो ४५ औं नेत्रज्योति दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने नाराका साथ कैलालीको धनगढीमा गेटा आँखा अस्पतालको व्यवस्थापन तथा नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटि तथा कैलाली शाखाको संयूक्त आयोजनामा विविध कार्यक्रम गरिएको हो ।

दिवसको अवसरमा कैलालीको धनगढी ट्राफिक चौराहादेखि आँखा उपचार केन्द्र बुद्धमन्दिरसम्म पर्चा पम्पलेटसहित सचेतनामुलक र्याली गरिएको थियो । र्यालीमा संघका पदाधिकारी, सदस्य, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस्तै, दिवसको अवसरमा एक दिने निःशूल्क आँखा शिविर गरिएको छ ।  कैलाली शाखा अध्यक्ष दिव्यप्रसाद पन्तको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा उनले गेटा आँखा अस्पताल स्थापनाकालदेखि प्रदेशको अन्धोपन, मोतिविन्दु शल्यक्रिया, आँखा उपचारमा सुधार हुँदै आएको बताए ।

उनका अनुसार अस्पताल स्थापना कालमा प्रदेशको एक दशमलब दुई प्रतिशत अन्धोपन रहेकोमा सन २०२१ मा गरिएको सर्वेक्षणमा शून्य दशमलब २१ प्रतिशतमा झार्न सफल भएको छ । उनले गत १२ वर्ष पहिले सम्पूर्ण अन्धोपनमध्ये सबैभन्दा बढी मोतिविन्दुका कारणले ६२ प्रतिशत दृष्टिविहिन रहेकोमा हाल ३६ प्रतिशत मात्रै मोतिविन्दुका कारणले दृष्टि विहिन भेटिएको बताए ।

उनले अस्पताल स्थापनाकालदेखि आर्थिक वर्ष २०७९र८० पौससम्म अस्पताल तथा शिविरहरुमा गरि जम्मा ४४ लाख ५२ हजार एक सय २९ जनाले आँखा उपचार सेवा प्रदान गरेकोमा छ लाख ५० हजार ३२ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको बताए ।