सुदूरपश्चिम प्रदेशमा भूकम्पको उच्च जोखिम रहेको जानकारहरूले बताएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा ६ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए । शर्माले भने, ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गइरहेको छ, यसकारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको छ ।’
आइतबार राति १०स.२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ ।
कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् ।
१४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन् । चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।