एमाले त्याग्ने मनसायमा भीम रावल, कता जाँदैछन त ?
‘घचेटिराखे नयाँ पाइला चाल्न सक्छु’
2023/03/28, 12:22
 
‘घचेटिराखे नयाँ पाइला चाल्न सक्छु’

धनगढी - नेकपा एमालेका नेता भिम रावल पार्टी छोड्ने मनस्थितीमा पुगेका छन् । पार्टीमा जिम्मेवारी बिहिन बनेका नेता रावलले बिना कारण धकेल्न खोजे बिकल्प खोज्ने बताएका छन् । गृह जिल्ला अछाम तथा कञ्चनपुरमा कार्यक्रमलाई सम्बोधन गरी मंगलबार धनगढी पुगेका रावलले पार्टीका जिम्मेवार नेताहरुका गतिबिधीले राष्ट र राष्ट्रियता कमजोर बनिरहेको बताउँदै रावलले राष्ट्रियताका पक्षमा आफुले बोल्दा प्रहार भइरहेको गुनासो गरेका थिए । पार्टीमै बसिरहनेकी छोड्नुहुन्छ भन्ने सञ्चारकर्मीका प्रश्नमा रावलले जबरजस्ती धकेल्न खोजे बिकल्प खोज्ने बताएका हुन् ।

यतिबेला नेकपा उमालेले पार्टी सुद्धिकरण तथा संगठन बिस्तारका लागी मिशन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ । अहिले नेकपा एमालेका नेता कार्यक्रताहरु गाउँ गाउँमा छन् । पार्टीको कुनै जिम्मेवारीमा नरहेका नेता भिम रावल गृह जिल्ला अछामको साफेँमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गरेर फर्किएका थिए । रावलले कञ्चनपुरमा एमाले र एकिकृत समाजवादीका नेता कार्यक्रताहरुको कार्यक्रमलाइपनि सम्बोधन गरेका थिए । यि कार्यक्रम सकेर धनगढी पुगेका रावलले एमाले नेतृत्वप्रती निकै आक्रोस पोखेका छन् । मंगलबार बिहान पत्रकार सम्मेलन आयोजना गरेका रावलले करिब १ घण्टा एमाले नेतृत्वमाथी आक्रोस मात्रै पोखे । रावलले अछाममा आयोजित कार्यक्रमलाइ आफुले सम्बोधन गरेकै कारण जिल्ला उप सचिव र नगर अध्यक्षलाई स्पस्टिकरण सोधिएको बताए । पार्टी सुद्धिकरणका लागी आयोजना गरिएको मशिन ग्रासरुट अभियानबाट संगठन बलियो बनाउनुभन्दा ५० बर्ष रगत पसिना बगाएका नेता कार्यक्रतालाई निषेध गर्न खोजिएको रावलले आरोप लगाए ।

अछाम पुगेर एमाले उपाध्यक्ष बिस्णु पौडेलले आफुना बिरुद्ध बोल्दा इमान्दार एमाले कार्यक्रताले त्यसको बिरोध गरेको रावलले बताए । आफुले पार्टी, राष्ट र राष्ट्रियताका पक्षमा बोल्दा पार्टी बिरोधीको संज्ञा दिइएको भन्दै रावलले आक्रोस पोखे । म अछाम मेरो पालिकाका नेता साथीहरु बोलाएर कार्यक्रममा सहभागी भए त्यसै कारण पलिका अध्यक्ष र जिल्ला उप सचिवलाई स्पस्टीकरण सोधिएछ उनले भने “मैले कार्यक्रममा जाँदा स्पस्टिीकरण सोधिने कार्वाही गरिने अनी कस्तो ग्रासरुट हो, यो म माथीको कुन्ठा पोखिरहेको पाएको छु ।” हिजो अछामको कार्यक्रममा मेरै बिरुद्ध केही कमरेडहरु बोल्नुभएछ उनले भने “मैले कुन गल्ती गरेको थिए र मेरा बिरुद्ध लागिरहनुपर्ने अनी त्यसकै प्रतिबाद इमान्दार नेता कार्यक्रताले गर्नुभएको रहेछ म त्यसलाई स्वभाविक मान्छु ।”

पार्टी नेतृत्व प्रती आक्रोस पोख्दै रावलले कमल थापा, राजावादी लगायतसंग सहकार्य गर्नुपर्ने तर एमालेकै नेतालाई टिकट दिनुहुन्न भन्ने पार्टीको बिधान देखाउन चेतावनी दिए । अछाममा एमालेका उमेदवारलाई हराउन भुमिका खेलेको भन्ने सञ्चारकर्मीको प्रश्नमा रावलले आफु मत हाल्न मात्रै अछाम पुगेको बताए । निर्वाचनमा पार्टीले कुनै जिम्मेवारी नदिएका कारण मत हाल्न मात्रै पुगेको तर कसैलाई असहयोग नगरेको उनले बताए ।

भुमिका बिहिन भएर बसिराख्नुहुन्छ की कुनै अन्य बिकल्प सोच्नुभएको छ भन्ने जिज्ञासामा रावलले यसरीनै घचेटीरहे बिकल्प सोच्ने बताएका छन् । पार्टीका सबै गतिबिधीबाट अलग गराएर नेतृत्वले आफु बिरुद्ध अभियान चलाइरहँदा यत्तिकै बस्न नसकिने उनका् भनाई छ । आम देशप्रेमी जनता र कार्यक्रताहरुको सुझावले नयाँ बाटो रोज्न सकिने उनको भनाई छ ।
एमालेमा पार्टीको बिधान र सिद्धान्त भन्दा ब्यक्तीवाद हावी भइरहेको रावलले बताए । पार्टीमा यस्तै ब्यक्तीवाद हावी रहे पार्टीको अस्तित्व संकटमा पर्ने भन्दै रावलले समयमै नेतृत्व पंक्ती सच्चिनुपर्नेमा जोड दिएका थिए ।