कञ्चनपुरमा एमालेले एमालेलाई नै चुनाव हराएको हो, पार्टी भित्र अब गुट चल्दैनः उपाध्यक्ष पौडेल
2023/03/31, 1:54
 
कैलाली। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले निर्वाचनमा पराजय भोग्नु भएको बताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटको कञ्चनपुरस्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तर्विरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।  ADVERTISEMENT  एमालेलाई कुनै पनि राजनीतिक दलले चुनावमा हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ’, उपाध्यक्ष पौडेलले भने, ‘कञ्चनपुरमा अन्तर्विरोधले चुनाव हारिएको हो । यसलाई समयमै व्यवस्थ

कैलाली - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कञ्चनपुरमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले निर्वाचनमा पराजय भोग्नु भएको बताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटको कञ्चनपुरस्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको अन्तर्विरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।

एमालेलाई कुनै पनि राजनीतिक दलले चुनावमा हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ’, उपाध्यक्ष पौडेलले भने, ‘कञ्चनपुरमा अन्तर्विरोधले चुनाव हारिएको हो । यसलाई समयमै व्यवस्थापन गर्नुपर्छ ।’ उनले पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उल्लेख गरे । पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न नसक्ने बताउँदै पार्टी बनाउने हो भने गुट भत्काउनुपर्ने पौडेलले भने।

‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ । त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ।’ नेता पौडेलले सुखी नेपाली, समृद्ध नेपालका लागि देशलाई आफ्नो नीति अनुसार अगाडि बढाउनका लागि नेकपा एमाले बलियो हुनु आवश्यक रहेको बताए। ग्रासरुट अभियानअन्तर्गत नेता-कार्यकर्तालाई दिएको जिम्मेवारीअनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने उनको भनाइ थियो । पूर्वअर्थमन्त्री पौडेलले अहिलेको सत्ता गठबन्धन लामो समय नजाने टिप्पणीसमेत गरे ।