डडेल्धुरामा पीसीआर मेसिनका लागि काठमाण्डौंका पत्रकार र व्यवसायीको सहयोग
2020/07/01, 9:51
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा कार्यरत पत्रकार र व्यवसायीहरुले सहयोग गरेका छन्। डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाजद्धारा जारी अभियानमा कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधिर शर्मा, कान्तिपुर टेलिभिजनका पूर्व प्रधान सम्पादक दिल भुषण पाठक, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल र काठमाण्डौंको एलिस रेष्टुरेण्टका सञ्चालक नकुल शेरचनले पाँच/पाँच हजार रुपैया सहयोग गरेका छन्।

ह्युमानिटी फाउण्डेसनका संस्थापक एवं कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानमा डा.भट्टले सहयोग गरेका हुन्।

कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी अभियानको अगुवाई गरेका छन्।