एसएसपी बोहराले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड
2023/03/31, 2:02
 
एसएसपी बोहराले सम्हाले सुदूरपश्चिम प्रहरीको कमाण्ड

धनगढी - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा भई आएका निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी भरत बहादुर बोहराले सुदुरपश्चिम प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबार कार्यालयमा हाजिर भई निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी बोहराले पदभार ग्रहण गरेका हुन्।

तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको गत १३ गतेको पत्रादेश अनुसार बोहरा काजमा सरुवा भई प्रदेश प्रहरी कार्यालय धनगढीमा हाजिर भएका हुन्। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी अशोक सिंहले उमेर बिवादका कारण राजीनामा दिएका थिए। सिंहको ठाउँमा प्रहरी प्रधान कार्यालयले बोहरालाई निमित्त प्रहरी प्रमुख बनाएर सुदूरपश्चिममा खटाएको छ। उनलाई प्रहरीटोलीद्धारा स्वागत तथा सलामी दिइएको छ।