कांग्रेस कैलालीको १०औं बैठक सम्पन्न, जेठ ५ गते जिल्ला सम्मेलन गर्ने
2023/04/01, 11:30
 
ss

नेपाली काँग्रेस कैलालीले जेठ ५ गते जिल्ला सम्मेलन गर्ने भएको छ । जिल्ला कार्यसमितिले आगामी जेठ ५ गते कैलाली गाउँपालिकाकाको हसुलियमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित फलेबिसौनामा काँग्रेसका पार्टी सभापति नारायणदत्त भट्टको अध्यक्षतामा शुक्रबार बसेको १० औँ बैठकले सम्मेलन गर्ने निर्णय गरेको काँग्रेस कैलाली जिल्ला कार्यसमितिका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले बताए ।

काँग्रेस पार्टी कार्यालय र पत्रकार महासंघको बिचमा रहेको जमिनमा बिपी स्मृति बैगचा पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ । उक्त समितिको अध्यक्ष सचिव केशवराज मिश्रलाई जिम्मेवारी दिएको छ ।  राष्ट्रिय लोकतन्त्र दिवस २१ वैशाख पाँच वटै निर्वाचन क्षेत्रमा मनाउने निर्णय समेत गरेको छ । जिल्ला सम्मेलन अघि काँग्रेसले वडा स्तरीय, पालिका स्तरीय, प्रदेश निर्वाचन क्षत्र र संघिय निर्वाचन क्षेत्र स्तरीय सम्मेलन गर्ने छ । प्रचार–प्रसार विभाग प्रमुख भुषालका अनुसार वडा सम्मेलन वैशाख ५ गते देखि १० सम्म गर्ने, वैशाख १२ गते देखि १५ गते सम्म पालिका सम्मेलन गर्ने,  वैशाख  १७ गते देखि २० गते सम्म प्रदेश निर्वाचन क्षेत्र स्तरीय सम्मेलन गर्ने र वैशाख २२ गते देखि २५ गते सम्म संघिय निर्वाचन क्षेत्रको सम्मेलन गरिने छ ।

सम्मेलन अघि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने निर्णय भएको भुषालले बताए । सम्मेलन सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले कैलाली जिल्ला उप सभापति खेमराज डगौंरा थारुको संयोजकत्वमा समिति गठन गरेको छ ।