पुर्व राष्ट्रिय खेलाडी खड्का युवा संघ कैलालीको उपाध्यक्षमा निर्वाचित
2023/04/02, 1:38
 
dd

फुटबलका पुर्व राष्ट्रिय खेलाडी दिपेश खड्का (डेविड) राष्ट्रिय युवा संघ नेपाल कैलालीको उपाध्यक्षमा निर्वाचित भएका छन् । फुटबलमा सुदुरपश्चिमलाई स्वर्ण पदक जिताउने मध्यका मुख्य खेलाडी खड्का कैलालीको सुख्खडमा भएको निवौं जल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनी फारवेष्ट पशुपति युवा क्लबका कोषाध्यक्ष समेत रहेका विभिन्न खेलकुद गतिविधिहरुमा संग्लन रहदैं आएका छन् । उनले बास्केट बलको जिम्मेवारी पनि समालिसकेका छन् । ब्याटमिन्टनका पनि राष्ट्रिय खेलाडी रहेका खड्का लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहदैं आएका छन । 

विगत एक दशकदेखि राष्ट्रिय युवा संघको राजनीतिमा सक्रिय रहेका खड्काले धनगढी उपमहानगरपालिकाको नगर कमिटी कोषाध्यक्ष, जिल्ला कमिटी सदस्य तथा दुई कार्यकाल सचिवालय सदस्यका रुपमा समेत काम गरिसकेका छन् । नेकपा एमालेको नगर कमिटी सदस्य समेत रहेका उनी धनगढी उपमहानगरपालिका–४ को वडा ईन्चार्ज पनि हुन् ।

खड्काले आफूलाई राष्ट्रिय युवा संघको जिल्ला उपाध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने तथा भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नो कार्यकालमा युवा संघलाई कैलालीमा थप बलियो बनाउने गरी सबैसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

खड्का उपाध्यक्षमा निर्वाचित भएको राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अनन्त बोहरा, सह–सचिवमा केशर बोगटी र छत्र बुढा तथा कोषाध्यक्षमा कल्पना ओझा निर्विरोध निर्वाचित भएको राष्ट्रिय युवा संघ कैलालीका ईन्चार्ज अरुण कुँवरले जानकारी दिए । अधिवेशनले कैलालीका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी ४६ सदस्यीयको जिल्ला कमिटी गठन गरेको हो ।

3

एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन गरेका थिए । एमाले पोलिट ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल पूर्व केन्द्रीय अध्यक्षहरू निरु पाल र बच्चन सिंह लगायतको उपस्थितिमा सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै टुङ्गिएको हो । कैलालीमा १० वर्षपछि राष्ट्रिय युवा संघ नेपालले जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।